यस्ता छन् इम्युनिटी बढाउनका लागि बाबा रामदेवका ५ टिप्स

<p>काठमाडौं । हाल कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । अहिलेसम्म यो भाइरस बाट ६३ लाखभन्दा बढि मानिसहरु संक्रमित भइसकेका छन् भने ३ लाख ७७ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । कोरोनाबाट अमेरिकाका जनता सवैभन्दा बढि शिकार भएका छन् । त्यसैगरी छिमेकी मुलुक भारतमा दिनहुँ ८ हजार भन्दा बढि मानिसमा संक्रमण पाइन थालेको [&hellip;]</p>

काठमाडौं । हाल कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । अहिलेसम्म यो भाइरस बाट ६३ लाखभन्दा बढि मानिसहरु संक्रमित भइसकेका छन् भने ३ लाख ७७ हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

कोरोनाबाट अमेरिकाका जनता सवैभन्दा बढि शिकार भएका छन् । त्यसैगरी छिमेकी मुलुक भारतमा दिनहुँ ८ हजार भन्दा बढि मानिसमा संक्रमण पाइन थालेको छ भने हाम्रो देश नेपालमा पनि हालसम्म १८ सय भन्दा बढि मानिस संक्रमित भइसकेका छन् ।

यस्तो अवस्थामा आफ्नो शरीरको इम्युनिटी पावर बढाउनका लागि बाबा रामदेवले ५ ओटा उपायहरु बताएका छन् । आउनुस् जानौं ति उपायहरुका वारेमा –

१) रामदेवका अनुसार योगले केवल शरीरलाई मात्र स्वस्थ राख्ने होइन कि कोरोनाबाट बचाउन पनि सक्षम छ । श्वासप्रश्वास सिस्टमलाई बलियो बनाउनका लागि भस्त्रिका प्राणायाम सवैभन्दा उपयुक्त छ । त्यसैगरी, कोरोनाको विषयलाई लिएर जो मानिस तनाव अथवा डिप्रेशनमा छ, उसले भस्त्रिकाको साथै अनुलोम–विलोम पनि अवश्य गर्नुपर्छ ।

२) संक्रमित व्यक्तिको नजिक नबसी योग गर्नुपर्छ । जो व्यक्ति अस्पतालमा भर्ती भएका छन् उनीहरुले पनि योग गर्न सक्छन् । पहिले देखि नै रोगी व्यक्तिहरुले पनि यदि कपालभाति प्राणायाम गर्छन् भने आराम महशुस गर्नेछन् ।

३) बाबा रामदेवले मानिसहरुलाई नाकमा सस्र्यूंको तेल हाल्ने सल्लाह दिएका छन् । साथै उनले उज्जाई प्राणायाम गर्नुलाई पनि कोरोना कालमा अत्यावश्यक बताएका छन् । उनका अनुसार यसबाट कोरोना भाइरसको टेस्टिंग र ट्रिटमेन्ट दुवै हुनेछ । यदि एक देखि डेढ मिनेटसम्म पनि आफ्नो श्वास रोकेर बस्न सक्नुहुन्छ भने तपाईं कोरोना नेगेटिव हो ।

४) रामदेव भन्छन् कि कतिपयलाई योगा गर्नमा समस्या हुने गर्दछ । यस्तोमा उनिहरुले सूक्ष्म योगको सहारा लिन सक्छन् । उनका अनुसार यस्तो वेलामा बटरफ्लाई तथा खुट्टालाई अगाडि पछाडि गर्न सकिन्छ । त्यसैगरी, चक्की आसन, शितकोणासन पनि दुई–तीन वर्षका बच्चाहरु देखि लिएर वृद्धवृद्धा तथा रोगी जोसुकैले पनि गर्न सक्छन् ।

५) रामदेवका अनुसार योगा बाहेक उल्टो हिँड्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ । भारतीय प्रधानमन्त्री मोदी पनि केहि वेर उल्टो हिँड्ने गरेको उदाहरण दिँदै उनी भन्छन् कि यसबाट खुट्टाहरु बलियो हुनेछन् भने मांसपेशीमा पनि ताकत बढ्नेछ ।

Share News