थप दुई सय ८८ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २ हजार नाघ्याे

<p>काठमाडौं । म‌ंगलबार दुई सय ८८  जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय ८८  जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । मंगलबार थपिएका संक्रमितहरु रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १&#x200d;७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, [&hellip;]</p>

काठमाडौं । म‌ंगलबार दुई सय ८८  जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय ८८  जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

मंगलबार थपिएका संक्रमितहरु रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरसी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० जना रहेकाे देवकोटाले जानकारी दिए।

याेसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या २ हजार ९९ पुगेकाे छ जसमा २ सय ६६ जना निकाे भईसकेका छन् र ८ जनाकाे जनाकाे मृत्‍यु भईसकेकाे छ ।

हाल नेपालभर ७५ हजार ३ सय ४३ काे पिसिआर विधिबाट र एक लाख १६ हजार ३ सय ४५ काे आरडिटी विधिबाट परीक्षण भएकाे छ । यस्तै नेपालमा हाल एक लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाईनमा छन् र १८ सय २५ जना आईसाेलेसनमा रहेकाे छन् ।

Share News