काठमाडौं । बुधबार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय १ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।
देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा काेराेना थपिएकाे जानकारी दिए।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ सय पुगेकाे छ जसमा २ सय ७८ जना निकाे भएका छन् र ९ जनाकाे मृत्यु भईसकेकाे छ ।