काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६६ लाख ८८ हजार ९ सय २२ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ९२ हजार १ सय २३ जनाको मृत्यु भइसकेको छ भने ३२ लाख २८ हजार ६ सय ५४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १० हजार १ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख २३ हजार ७ सय ३० रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख २६ हजार ७ सय १३ पुगेको छ भने अहिलेसम्म ६ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म २ हजार ६ सय ३४ जना संक्रमित भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २९० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)