गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ७५

<p>काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जना र भरतपुर अस्पतालमा ३ जना गरि शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । जसमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी ८ जना पुरुषहरु १६, १९, २३, २५, [&hellip;]</p>

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जना र भरतपुर अस्पतालमा ३ जना गरि शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
जसमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी ८ जना पुरुषहरु १६, १९, २३, २५, ३२, ४४, ५२, ५४ उमेरसमूहका र हरिनास गाँउपालिकाका १८, ४० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।  बाग्लुङ, ताराखोला गाँउपालिकाका ३९ वर्षिय पुरुष, कास्की जिल्ला रुपा गाँउपालिकाका २३, ३२ वर्षिय पुरुषहरु र पोखरा महानगरपालिकाका ५९ वर्षिय पुरुष रहेका छन् ।

त्यसैगरी भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा कोरोना पुष्टि हुने नवलपरासी, बिनय त्रिबेणी गाँउपालिका निवासी १८, १९, २७ वर्षिय पुरुष रहेका छन् ।

हाल सबै संक्रमितलाई  जिल्ला अस्पताल पुराउने तयारी भइरहेकाे गण्डकी प्रदेश काेराेना राेकथाम तथा  नियन्त्रण कार्यक्रमका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

Share News