काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई हटाईएको छ । उक्त स्थानमा मन्त्रालयले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल पुर्व निर्देशक डा. जागेश्वर गौतमलाई नियुक्त गरेको छ ।
देवकोटालाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ। उनले आईतबारसम्म गरेर ७६ दिन मन्त्रालयका काेभिड-१९ सम्बन्धि नियमित लाईभ कार्यक्रम संचालन गरेका छन् ।
गाैतमलाई बिहीबार मन्त्रालय तानिएकाे थियाे र उनकाे जिम्मेवारी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालाई दिइएको छ।