काठमाडौं । आईतबार थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३४ सय नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४ सय ६७ जना डिस्चार्ज भएका छन्।