स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका पुर्व निर्देशक रहेका गाैतमले आईतबार  प्रवक्ताको जिम्मेवारी पाएका हुन् । उनी भाेलीदेखि स्वास्थ्य मन्त्रालयकाे काेभिड १९ काे नियमित लाईभ मार्फत उपस्थित हुनेछन् ।उनलाई बिहिबार मन्त्रालय तानिएकाे थियाे र उनकाे जिम्मेवारी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका पुर्व निर्देशक रहेका गाैतमले आईतबार  प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

उनी भाेलीदेखि स्वास्थ्य मन्त्रालयकाे काेभिड १९ काे नियमित लाईभ मार्फत उपस्थित हुनेछन् ।उनलाई बिहिबार मन्त्रालय तानिएकाे थियाे र उनकाे जिम्मेवारी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालाई दिइएको छ ।

यस्तै विकास देवकाेटालाई भने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ।

 

Share News