काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख ८१ हजार ५ सय ९४ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५ हजार ७४ जनाको मृत्यु भइसकेको छ भने ३४ लाख ५३ हजार ७ सय १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १२ हजार ४ सय ६९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ७ हजार २ सय ३२ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ५७ हजार ५ सय ६ पुगेको छ भने अहिलेसम्म ७ हजार २ सय ७ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ३ हजार ४ सय ४८ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४६७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार: वल्डोमिटर)