काठमाडौं । साेमबार थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय नाघेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनले नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय ६२ पुगेकाे बताए ।
काेराेना संक्रमण हालसम्म १४ जनाले ज्यान गुमाएका छन् भने ४ सय ८८ जना निकाे भएर घर फर्किएका छन् ।