काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री किन्न २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार खर्च भएको जनाएको छ ।
सोमबारको प्रतिनिधी सभाको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री किन्न २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार खर्च भएको जनाएका हुन् । याे सबै खर्च पारदर्शी भएकाे र सबैले हेर्न पाउने पनि उनले बताएका छन् ।
सरकारले यो भाइरसको जोखिम कम तथा नियन्त्रण गर्नको लागि हालसम्म पौने १० अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । सरकारले कोरोना भाइरस भएका बिरामीको उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको बताएको हो ।
प्रतिनिधि सभा बैठकका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल
प्रतिनिधि सभा बैठकका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल
Gepostet von Bikashnews.com am Montag, 8. Juni 2020