काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७१ लाख ८९ हजार ३९ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ८ हजार २ सय ३२ जनाको मृत्यु भइसकेको छ भने ३५ लाख ३० हजार ४ सय ९६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १३ हजार ५२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख २६ हजार १ सय ८९ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ६५ हजार ९ सय २८ पुगेको छ भने अहिलेसम्म ७ हजार ४ सय ७३ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ३ हजार ७ सय ६२ जना संक्रमित भएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४८८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार: वल्डोमिटर)