विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा चिन्ता व्यक्त

<p>काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस अधानोम गेब्रियेससले कोरोना संक्रमणको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । पहिले धेरै संक्रमित पाइँदै आएका केही देशहरुमा हाल त्यो संख्यामा कमी आएतापनि विश्वस्तरमा यो अझ खतरनाक बन्दै गइरहेको प्रति टेडरोसले चिन्ता व्यक्त गरेका हुन् । उनका अनुसार बितेका दस दिनमध्येका नौ दिनमा संक्रमणका एक लाखभन्दा बढी मामलाहरुको [&hellip;]</p>

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस अधानोम गेब्रियेससले कोरोना संक्रमणको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

पहिले धेरै संक्रमित पाइँदै आएका केही देशहरुमा हाल त्यो संख्यामा कमी आएतापनि विश्वस्तरमा यो अझ खतरनाक बन्दै गइरहेको प्रति टेडरोसले चिन्ता व्यक्त गरेका हुन् ।

उनका अनुसार बितेका दस दिनमध्येका नौ दिनमा संक्रमणका एक लाखभन्दा बढी मामलाहरुको पुष्टि भएको छ । जति पनि मामलाहरु देखिएका छन् ती मध्येका ७५ प्रतिशत मामला जम्मा दस ओटा देशहरुका छन् । त्यसमा पनि सवैभन्दा धेरै मामला अमेरिका तथा दक्षिण एशियाका छन् ।

उनले यो पनि भनेका छन् कि, विभिन्न अध्ययनहरुबाट स्पष्ट भए अनुसार विश्वव्यापी रुपमा ठूलो जनसंख्या कोरोना संक्रमणका लागि अत्यधिक संवेदनशील छ ।

Share News