कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

<p>काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख ११ हजार ६ सय ३१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १२ हजार ९ सय ९७ जनाको मृत्यु भइसकेको छ भने ३५ लाख ९४ हजार ९ सय ६० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख ११ हजार ६ सय ३१ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १२ हजार ९ सय ९७ जनाको मृत्यु भइसकेको छ भने ३५ लाख ९४ हजार ९ सय ६० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १४ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ४५ हजार ५ सय २० रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार १ सय ४६ पुगेको छ भने अहिलेसम्म ७ हजार ७ सय ५० जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ४ हजार ८६ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ५८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभार : वल्डोमिटर)

Share News