काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैकाे भूमीका महत्वपूर्ण भएकाेले सबै मिलेर यसकाे निदान गर्नु पर्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सबैलाई काेराेना राेकथाममा भएकाे खर्चकाे मात्र चिन्ता नभई काेराेनाकाे पनि चिन्ता लिन अनुराेध गरे ।
‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचार जस्ता कुराहरू सरकारले सहँदैन, छानबिन गर्छ, कारबाही गर्छ, कठघरामा उभ्याइन्छ, दोषी पाइएमा दण्डित गरिन्छ, तर याे समय काेराेनाकाे जाेखिम नियन्त्रण गर्न तर्फ खर्च गर्नु पर्छ,’ उनले भने । ’
उनले भने, ‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ, आन्तरिक लेखा परीक्षण हुन्छ, अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं । कहींकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ ।’
केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि पोखेका थिए । सांसदहरूले स्वास्थ्य सामग्री खरिदका क्रममा अनियमितता भएको र केही कर्मचारीलाई सरुवा गरेर त्यसबाट जोगिन खोजेको आरोप लगाएका थिए ।