
फाइल फाेटाे ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशको विभिन्न क्वारेन्टिनमा बसेका मानिसहरुको पीसीआर तथा आरडीटी परीक्षण नगरेरै घर पठाइँदै गरेको विषय बाहिररिएको छ । भारत लगायतका ठाउँहरुबाट गृह जिल्लामा आएर क्वारेन्टिनमा बसेका उनीहरुको सम्बिन्धत स्थानीय तहले पीसीआर तथा आरडीटी परीक्षण नगरेरै घर पठाइरको गुनासो क्वारेन्टिनमा बस्दै आएका मानिसहरुको छ ।
१४ दिनसम्म क्वारेन्टिनमा राखेका र व्यक्तिमा कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै परीक्षण नगरेरै घर पठाइरहेको गुनासो उनीहरुको छ । क्वारेन्टिनमा बसेका मानिसहरुको पीसीआर परीक्षण नगरिएपनि उनीहरुको सुरक्षा तथा हेरचाहमा खटिएमा स्वास्थ्यकर्मी र जनप्रतिनिधको भने पीसीआर परीक्षण भइरहेको छ ।
यसको एउटा उदाहरण कञ्चनपुरको पुनर्वास नगरपालिका हो । भारतका विभिन्न ठाउँबाट जिल्लामा आएका पुनर्वास नगरपाकिाको क्वारेन्टिनमा रहेका मानिसले आफुहरुको १४ दिन पुगे पनि कुनै परीक्षण नभएको गुनासो गरेका छन् ।
१४ दिन अगाडि भारतबाट आएर क्वारेन्टाइमा बसेका उनीहरुलाई स्थानीय जनप्रतिनिधिहरुले कोरोना छैन भन्दै जवरजस्ती घर जानु भन्दै धम्क्याएको पनि उनीहरुले आरोप लगाएका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ को क्वारेन्टिनमा बसेका युवाका अनुसार १४ दिन पुग्दा समेत पीसीआर परीक्षण नगरेपछि आफ्नो परीक्षण गर्न र पीसीआर परीक्षण गरेर मात्र घर जाने अडान राखेपछि त्यहाँका जनप्रतिनिधिहरुले धम्कि दिएर घर पठाउन खोजिएको गुनासो गरे ।
उनीहका अनुसार हालै भारतबाट आएकाहरुलाई पनि पुरानै क्वारेन्टाइनमा बसेको समूहमा राखेपछि आफुहरुले विरोध गर्दा जनप्रतिनिधिले परीक्षण नै नगरी घर पठाउन खोजिएको उनको भनाई छ ।

पुनर्वास नगरपालिका वडा न.९ को क्वारेन्टिनमा रहेका युवा
ती युवाका अनुसार पुर्नवास नगरपालिकाका जनप्रतिनिधिले क्वारेन्टाइनमा बसेकाहरुले पैसा तिरे मात्र पीसीआर परीक्षण गर्ने भन्दै आफुहरुको परीक्षण नगरिको र उल्टै प्रहरी लगाएर जवरजस्ती क्वारेन्टाइनबाट निकाल्न खोजिएको गुनासो गरे ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख जजिवन थापाले आरडीटी परीक्षण नगरेर पनि घर पठाउने विषय सत्य नभएको बताए । तर, पीसीआर परीक्षणको लागि किट नभएकोले आरडीटी परीक्षण गरेर घर पठाउने गरेको स्वीकार गरे ।
‘सबैको पीसीआर परीक्षण गर्नको लागि त्यति धेरै कि पनि छैन, त्यति धेरै जाँच कसले गर्छ?’ उनले भने जनप्रतिनिधिको पीसीआर परीक्षण नभएको उनको भनाई छ । तर एउटा वडाध्यक्षले पीसीआर परीक्षण गर्दा विरोध भएको पनि उनले स्वीकार गरे ।
‘हामी मेयर उपमेयरले गरेका छैनौं,गरौं भनेका पनि छैनौं, तर कसैले आफ्नै लगानीमा गरेको भए मलाई थाहा छैन, स्वास्थ्यकर्मीको सवालमा उनीहरु भएर नै चेकजाँच हुने हो,’ उनले भने ।
नयाँ र पुराना क्वारेन्टिनमा बसेकालाई एउटैमा राखेको कुरा पनि गलत भएको उनले बताए । पुनर्वास नगरपालिकामा मात्रै २० वटा क्वारेन्टिन रहेको उनले बताए । पुनर्वास नगरपालिकाले क्वारेन्टिमा बसेकालाई आरडीटी परीक्षण गरेर घर पठाउने तर जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुका लागि भने पीसीआर परीक्षणका लागि प्रदेश सरकार समक्ष सहयोगको प्रस्ताव राख्ने निर्णय गरिसकेको छ ।
उनले सरकारले गरेको क्वारेन्टिनमा बसेकाहरुको पीसीआर परीक्षण नगर्ने तर आरडीटी परीक्षण गरेर घर पठाउन सक्ने प्रावधान अुसार नै आफुहरुले काम गरेको थापाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धि नयाँ राष्ट्रिय परीक्षण गाइड लाइनका अनुसार पनि यस्तो नीति लिएको छ ।
नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका संक्रमितलाई १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए घर पठाइने उल्लेख छ । लक्षण नभएकालाई भने १४ दिन राखेपछि परीक्षण नगरीकनै पठाइने गाइडलाइनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जेठ २० गते जारी गरेको सो गाइडलाइनमा भनिएको छ, ‘तर हाल क्वारेन्टाइनमा रहेकालाई १५ दिनपछि आरडीटी गर्न सकिन्छ ।
सरकारले उपयुक्त मात्रामा पीसीआर परीक्षणको व्यवस्था नगरेपछि आफूअनुकूल गाइडलाइन बनाएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले दाबी गरे । ‘सरकारले आफ्नो अक्षमता लुकाउन आफ्नोअनुकूल गाइडलाइन बनाएको हो,’ उनले भने ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतले विश्वभर सबैले पीसीआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने बताइरहेका छन् । तर, नेपालमा भने त्यसको कुनै कार्यान्वयन भइरहेको छैन ।