नेपालमा चार दिनको शिशुमा पनि देखियो कोरोना

<p>काठमाडाैं । नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे । अस्पतालका अनुसार सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्। सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको [&hellip;]</p>

फाइल फाेटाे

काठमाडाैं । नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे ।

अस्पतालका अनुसार सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्।

सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।

Share News