काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख ८३ हजार ६ सय ९० पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख २३ हजार ८२ जनाको मृत्यु भइसकेको छ भने ३८ लाख ३३ हजार २ सय ६१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १६ हजार २९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ८९ हजार ५ सय ७१ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ भने अहिलेसम्म ८ हजार ५ सय १ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ४ हजार ६ सय १४ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ८ सय ६१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)