काठमाडौं । कान्ति बाल अस्पतालले अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको जनाएका हाे ।
याे सेवा सुरु भएसँगै अब ओपिडी सेवा लिन आउने सेवाग्राहीले अनलाइनबाटै टिकट लिन सक्ने छन्। सेवाग्राहीले कान्ति चिल्ड्रेन हस्पिटल नामकको एप्स मोबाइलमा डाउनलोड गरेर टिकट लिन सक्ने अस्पतालले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार उक्त एप्सको शुभारम्भ गरेका थिए । हालकाे लागि एप्स प्स एन्ड्रोइड मोबाइलहरुमा उपलब्ध भएको र एप्पलमा उपलब्ध हुन केही समय लाग्ने अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।