थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

<p>काठमाडौं । नेपालमा थप  २ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना भएकाे प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको बताउँदै  नेपालमा काेराेनाबाट १८ [&hellip;]</p>

काठमाडौं । नेपालमा थप  २ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना भएकाे प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको बताउँदै  नेपालमा काेराेनाबाट १८ जनाकाे मृत्यु भएकाे बताएका छन् ।

बारा निजगढ ६ का ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो भने गत जेठ २८ गते बुधबार वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७३ थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

Share News