कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

<p>काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७८ लाख ५५ हजार २ सय ५८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३१ हजार ७ सय २८ जनाको मृत्यु भइसकेको छ भने ४० लाख १९ हजार २ सय ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७८ लाख ५५ हजार २ सय ५८ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३१ हजार ७ सय २८ जनाको मृत्यु भइसकेको छ भने ४० लाख १९ हजार २ सय ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १७ हजार ५ सय २६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख ४२ हजार १७ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ भने अहिलेसम्म ९ हजार १ सय ९९ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ५ हजार ३ सय ३५ जना संक्रमित भएका छन् भने १८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ९ सय १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Share News