गुल्मीमा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु

<p>काठमाडाैं । गुल्मीमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत रहेका उनीकाे स्वास्थ्य अवस्था बिग्रिँदै गएसँगै अस्पतालले जति काेशिस गर्दा पनि बचाउन असफल भएकाे बताएकाे [&hellip;]</p>

काठमाडाैं । गुल्मीमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए ।

उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत रहेका उनीकाे स्वास्थ्य अवस्था बिग्रिँदै गएसँगै अस्पतालले जति काेशिस गर्दा पनि बचाउन असफल भएकाे बताएकाे छ ।

गत जेठ २ गते भारतबाट घर आएका उनी जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका र उनमा गत जेठ १२ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा राखिएको उनकाे गए राती मृत्यु भएकाे थियाे ।  यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् ।

यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो । जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । दुई जना कोरोना जितेर घर फर्केका छन्। सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ ।

Share News