एउटै गाँउपालिका ५ जनामा काेराेना, गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ सय ४

<p>काठमाडाैं । तनहुँ जिल्लाकाे घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षिय ५ जना पुरुषहरूमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे [&hellip;]</p>

काठमाडाैं । तनहुँ जिल्लाकाे घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षिय ५ जना पुरुषहरूमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् ।

याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ सय ४ पुगेकाे छ ।

उनीहरूलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी.कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।

 

Share News