गोरखामा थप १० जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुग्यो

<p>काठमाडौं । गण्डकी प्रदेशको ५ जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत गोरखामा मात्रै १० जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय २३ पुगेको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् । कोरोना संक्रमण हुनेहरुमा गोरखा नगरपालिकाका ७ [&hellip;]</p>

काठमाडौं । गण्डकी प्रदेशको ५ जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत गोरखामा मात्रै १० जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय २३ पुगेको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

कोरोना संक्रमण हुनेहरुमा गोरखा नगरपालिकाका ७ पुरुष र १ महिला, गोरखाकै बारपाक सुलिकोट गाउँपालिका निवासी ५३ र २५ वर्षका २ जना पुरुषमा पनि कोरोना देखिएको छ । त्यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका १/१ जनामा कोरोना देखिएको छ ।

यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशक डा. शर्माले बताएका छन् ।

क्वारेन्टाइनमा रहेका सबै जना कोरोना संक्रमितहरु भारतबाट फर्किएका हुन् । अब उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा.शर्माले बताएका छन् ।

Share News