काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख ५१ हजार ६८ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ४५ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ४२ लाख ९९ हजार २ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १९ हजार १ सय २९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ८ हजार २ सय ४४ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ५४ हजार १ सय ६१ पुगेको छ भने अहिलेसम्म ११ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ६ हजार ५ सय ९१ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ५८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभारः वल्डोमिटर)