भारतमा कोरोनाकाे कहर : एकै दिन २ हजार बढीको मृत्यु

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा थप २ हजार ६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको ११ हजार ९ सय २१ जना पुगेको । पछिल्ला दिनमा भारतको महाराष्ट्रमा कोरोना संक्रमणले भयाहक अवस्था पैँदा गरेको छ ।  हालसम्म ३ लाख ५४ हजार १ सय ६१ ज्ना कोरोना संक्रमित रहेको [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा थप २ हजार ६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको ११ हजार ९ सय २१ जना पुगेको ।

पछिल्ला दिनमा भारतको महाराष्ट्रमा कोरोना संक्रमणले भयाहक अवस्था पैँदा गरेको छ ।  हालसम्म ३ लाख ५४ हजार १ सय ६१ ज्ना कोरोना संक्रमित रहेको भारत १ लाख ८७ हजार ५ सय बढी रहेको छ ।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २७ सय १ जना संक्रमित थपिएर १ लाख १३ हजार ४ सय ४५ जना संक्रमित हुँदा २४ घण्टामा १ हजार ४ सय ९ जनाको ज्यान गएको छ । मृतक ५ हजार ५ सय ३७ पुगे ।

२४ घण्टामा दिल्लीमा ४३७, तमिलनाडुमा ४९, गुजरातमा २८, उत्तर प्रदेशमा १८, राजस्थानमा ७, वेष्ट बंगालमा १०, मध्य प्रदेशमा ११, हरियाणामा १८, कर्नाटकमा ७, बिहारमा २, आन्ध्रप्रदेशमा २ जनाको ज्यान गएको छ । भने  तेलंगानामा ४, जम्मूकश्मीरमा १, पंजाबमा २, उत्तराखण्डमा १ जनाको ज्यान गएको छ ।

त्यस्तै काेराेना संक्रमण बढ्दै जाँदा पनि भारत सरकारले लकडाउन कडाइँ गर्ने विषयमा केही कुरा सार्वजनिक गरेकाे छैन् ।

Share News