नेपालमा काेरानाकै कारण २० जनाकाे हाेइन २/३ जनाकाे मात्र मृत्यु भएकाे छ: प्रधानमन्त्री

<p>काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २० जना नभएकाे बताएका छन् । उनले  विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले मात्र नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको तर काेराेनाकै कारण २० जनाकाे मृत्यु नभएकाे बताएका हुन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २० जना नभएकाे बताएका छन् । उनले  विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले मात्र नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको तर काेराेनाकै कारण २० जनाकाे मृत्यु नभएकाे बताएका हुन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे। उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए।

‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ, बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने। प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे।

Share News