नेपालमा थप ४ सय २६ मा देखियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या ८२ सय नाघ्याे

<p>काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ४ सय २६ मा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४  सय २६ जनामा कोराेना भाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या [&hellip;]</p>

काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ४ सय २६ मा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४  सय २६ जनामा कोराेना भाइरस देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ८ हजार २ सय ७४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १४ सय ०२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २२ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख ६१ हजार ७ सय ४९ काे पिसिआर विधि र २ लाख ४७ हजारकाे ८ सय ७४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन

क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? 

हाल देशभर १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ८ सय ५० जना आईसाेलेसनमा रहेका छन् ।

Share News