काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८७ लाख ५० हजार ३ सय ४६ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६१ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ४६ लाख २० हजार २ सय ८३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २१ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ९६ हजार ७ सय १८ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ९५ हजार ८ सय १२ पुगेको छ भने अहिलेसम्म १२ हजार ९ सय ७० जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ८ हजार २ सय ७४ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ४ सय २ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभारः वल्डोमिटर)