संसारभर कारोना संक्रमितको संख्या ९० लाख नजिक, ४७ लाख भन्दा बढि निको भए

<p>काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८९ लाख ६ हजार ६ सय ५५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६६ हजार २ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४७ लाख ३३ हजार १८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८९ लाख ६ हजार ६ सय ५५ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६६ हजार २ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४७ लाख ३३ हजार १८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २१ हजार ९ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ३० हजार ३ सय ११ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय २७ पुगेको छ भने अहिलेसम्म १३ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ८ हजार ६ सय ५ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ५ सय ७८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Share News