
काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहानै चार जिल्लाका थप १६ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
आइतबार संक्रमित हुनेहरुमा बाग्लुङ जिल्लाका ९ जना, म्याग्दीका ४ जना, तनहुँका १ जना र पर्वतका २ जना रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले बताएका छन् ।
