काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय २१ जनामा कोराेना भाइरस देखिएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ९ हजार २६ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १७ सय ७२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २३ जनाको मृत्यु भइसकेकाे छ ।
कतिकाे परीक्षण ?
हालसम्म १ लाख ७५ हजार १ सय ७३ काे पिसिआर विधि र २ लाख ६२ हजारकाे १ सय ७४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।
सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन
क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ?
हाल देशभर ९४ हजार ९ सय २८ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार २ सय ३१ जना आईसाेलेसनमा रहेका छन् ।