कोरोना संक्रमणबाट नेपालमा २३ औं व्यक्तिकाे निधन

<p>काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको निधन भएको छ । निधन हुनेमा गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष रहेका छन् । उनी प्यारालाइसिसको बिरामी भएको र उपचारका क्रममा भारत गएर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । गत २५ जेठमा भारतबाट नेपाल आएका उनी होम क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको निधन भएको छ । निधन हुनेमा गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष रहेका छन् । उनी प्यारालाइसिसको बिरामी भएको र उपचारका क्रममा भारत गएर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गत २५ जेठमा भारतबाट नेपाल आएका उनी होम क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । उनको ५ असारमा  निधन भएको र ६ गते उनमा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३ पुगेको छ जसमा चार महिला र १९ जना पुरुष रहेका छन् ।

Share News