काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९० लाख ३८ हजार ७ सय ९६ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६९ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ भने ४८ लाख ३३ हजार ५ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २२ हजार २ सय ४७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ५६ हजार ६ सय ४५ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख २६ हजार ९ सय १० पुगेको छ भने अहिलेसम्म १३ हजार ७ सय ३ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ९ हजार २६ जना संक्रमित भएका छन् भने २३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ७ सय ७२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभारः वल्डोमिटर)