काठमाडाैं । साेमबार विहान स्याङ्जा र पूर्वी नवलपरासीमा थप २० जनामा कोरोना भाइरसकाे पुष्टि भएको छ ।
स्याङ्जामा १२ जना र पूर्वी नवलपरासीमा ८ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताए । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ५ सय ४० पुगेकाे छ ।
स्याङजा कालीगण्डकी गाउँपालिका २ पुरुष, अर्जुनचौपारी गाउँपालिकाका २ महिला र ८ पुरुषमा र पूर्वी नवलपरसी बौदिकाली गाउँपालिकाका निवासी ८ पुरुषमा कोरोनामा पोजेटिभ देखिएको हो ।
संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाकाे अस्पतालमा ल्याउने तयारी भइरहेकाे जानकारी दिँदै डा.शर्माले उनीहरू भारतबाट फर्किएका बताएका छन् ।