थप ५ सय ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९५ सय नाघ्यो

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५  सय ३५ जनामा कोराेना भाइरस देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ९ हजार ५ सय ६१ पुगेकाे छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५  सय ३५ जनामा कोराेना भाइरस देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ९ हजार ५ सय ६१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २१ सय ४२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २३ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख ८१ हजार ३ सय ७२ काे पिसिआर विधि र २ लाख ६८ हजारकाे १ सय ३ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन

क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ?

हाल देशभर ९७ सय ३० जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ७ सय ८९ जना आईसाेलेसनमा रहेका छन् ।

Share News