कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

<p>काठमाडौं । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजे सम्ममा संसारभरका ९१ लाख ८५ हजार २ सय जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार २ सय ३७ पुगेको छ, भने ४९ लाख २१ हजार बढी विरामी उपचार पछि निको भइ घर फर्किएका छन् । [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजे सम्ममा संसारभरका ९१ लाख ८५ हजार २ सय जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार २ सय ३७ पुगेको छ, भने ४९ लाख २१ हजार बढी विरामी उपचार पछि निको भइ घर फर्किएका छन् ।

अमेरिकामा कोरोनाबाट १ लाख २२ हजार ६ सय १० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ८८ हजार १ सय ५३ जना रहेका छन् ।

त्यसैगरी छिमेकी देश भारतमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ४० हजार ५ सय ५० पुगेको छ भने अहिलेसम्म १४ हजार १५ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म नेपालमा ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार १ सय ४८ जना निको भएर घर फर्किसकेका छन् ।     (तथ्यांक साभार : वल्डोमिटर)

Share News