काठमाडौं । आइसोलेसनमा रहेका सबैकाे पिसीआर परीक्षण गरि राेगमुक्त भएपछि मात्र घर फठाउन सर्वाच्चले सर्वाच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले आईसाेलेसनमा रहेका सबैकाे परीक्षण गर्न भनेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अगाडी जारी गरेकाे काेराेना परीक्षणकाे निर्देशिकाकाे बुँदा नं ६ लाई कार्यान्वयन नगर्न बताएकाे हाे ।
सर्वाच्चले आइसोलेसनमा रहेका बिरामीको संख्या तथा सरकारको परीक्षण क्षमता हेर्दा पुन: परीक्षण गर्न सकिने अवस्था रहेकाे भन्दै सबैकाे पिसीआर परीक्षण गर्न निर्देशन दिएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अगाडी आइसोलेसनमा रहेकालाई १४ पछि पुन: पिसीआर परीक्षण नगरी घर फर्काउने निर्देशिका बनाएकाे थियाे ।