नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

<p>काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे छ । पछिल्लो २४ घण्टा यता थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५  सय ३८ जनामा कोराेना भाइरस देखिएको बताएका हुन् [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे छ । पछिल्लो २४ घण्टा यता थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५  सय ३८ जनामा कोराेना भाइरस देखिएको बताएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १० हजार ९९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २२ सय २४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २४ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख ८६ हजार ३ सय ६६ काे पिसिआर विधि र २ लाख ७१ हजारकाे ५ सय ८४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ८ सय ५२ जना आईसाेलेसनमा रहेका छन् ।

Share News