काठमाडौं । नेपाली समयअनुसार विहान ६ बजे सम्ममा संसारभरका ९३ लाख ४३ हजार २ सय २० जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७८ हजार ९ सय २० पुगेको छ, भने ५० लाख ३६ हजार बढी विरामी उपचार पछि निको भइ घर फर्किएका छन् ।
अमेरिकामा कोरोनाबाट १ लाख २३ हजार ४ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २४ लाख २४ हजार १ सय ४४ जना रहेका छन् ।
त्यसैगरी छिमेकी देश भारतमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार ६२ पुगेको छ भने अहिलेसम्म १४ हजार ४ सय ८३ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म नेपालमा १० हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार २ सय २४ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)