काठमाडाैं । गण्डकी प्रदेशकाे ८ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।
बुधबार बिहान प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणकोको पछिल्लो विवरण अनुसार बाग्लुङमा ९ ,स्याङ्जामा ७, लमजुङमा ५, पर्वतमा १, कास्कीमा ५, गोरखा १ जना, नवलपुरमा ३ र तनहुँ १ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका निर्देशक डा.विनाेद बिन्दु शर्माले जानकारी दिए ।
पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
