काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ कोरोना संक्रमित थपिएकाे बताए ।
काठमाडौंमा १ जना पुरूष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको उनले बताए।