काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख २० हजार ९६ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ८३ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ भने ५१ लाख ६९ हजार १ सय ४१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २४ हजार २ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २४ लाख ६३ हजार १ सय ६८ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ७२ हजार ९ सय ८५ पुगेको छ भने अहिलेसम्म १४ हजार ९ सय ७ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म १० हजार ७ सय २८ जना संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ३ सय ३८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभारः वल्डोमिटर)