काठमाडाैं । स्याङ्जाका कोरोना संक्रमितको गए राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकाे क्रममा मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले प्रेस विज्ञप्ती जारी गर्दै गए राति ११:५५ मा उनको मृत्यु भएको जानकारी दिए । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ ।
गत असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेकाे अस्पतालका निर्देशक डाक्टर आचार्यले बताए । उनको शव व्यवस्थापनको तयारी भई रहेको छ ।
यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । हालसम्म गण्डकीमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।