नेपालमा थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय नाघ्याे

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेकाे स्वास्थ्य मन्त्रालयकाे प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३६ जना कोरोना संक्रमित मानिस कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा २ [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेकाे स्वास्थ्य मन्त्रालयकाे प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३६ जना कोरोना संक्रमित मानिस कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा २ हजार ८ सय २९ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै शनिवार विहान १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हाल नेपालकाे ७७ वटै जिल्लामा काेराेना फैलिएकाे छ ।

Share News