कर्णालीका २ सय १४ सङ्क्रमितले जिते कोरोना

<p>काठमाडौं । कर्णाली प्रदेशका २ सय १४ जना सङ्क्रमित कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेखबाट मात्रै २ सय ५ जनाले कोरोनामाथि विजय गरेका छन् । कोरोना जितेर फर्कनेहरुमा २ सय १ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १ सय २९ [&hellip;]</p>

काठमाडौं । कर्णाली प्रदेशका २ सय १४ जना सङ्क्रमित कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेखबाट मात्रै २ सय ५ जनाले कोरोनामाथि विजय गरेका छन् । कोरोना जितेर फर्कनेहरुमा २ सय १ पुरुष र १३ महिला रहेका छन् ।

यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १ सय २९ पुरुषगरी १ सय ३२ जनाले एकैदिन कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एकरएक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा.तिवारीले बताए ।

उनका अनुसार शनिबार २ सय १४ ले कोरोना जितेसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९ सय ३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ४० पुगेको बताए ।

Share News