काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचारकाे क्रममा एक जना कोरोना संक्रमित मृत्यु भएको छ । रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हाे ।
कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियाे । दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको अस्पतालका एक कर्मचारीले जानकारी दिए ।
नेपाल योसँगै कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।