कोरोनाबाट संसारभर ५ लाख ७ हजारभन्दा बढिको मृत्यु, साढे ५६ लाख निको भए

<p>काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४ लाख २ हजार २ सय ८७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ७ हजार ५ सय १५ जनाको मृत्यु भइसकेको छ भने ५६ लाख ४८ हजार २ सय ८० जना चाहिँ निको भएर घर फर्किसकेका छन् [&hellip;]</p>

काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४ लाख २ हजार २ सय ८७ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ७ हजार ५ सय १५ जनाको मृत्यु भइसकेको छ भने ५६ लाख ४८ हजार २ सय ८० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार ७ सय ७४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २६ लाख ८१ हजार ४ सय २५ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ भने अहिलेसम्म १६ हजार ९ सय ४ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १३ हजार २ सय ४८ जना संक्रमित भएका छन् भने २९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ हजार १ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभार: वल्डोमिटर)

Share News