काठमाडाैं उपत्यकामा एकैदिन थपिए ३२ जना कोरोना संक्रमित

<p>काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा एकैदिन ३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ११ जना पुरुष र १७ महिला, ललितपुरकाे २ पुरुष  र भक्तपुरकाे २ पुरुष रहेकाे गाैतमले बताए । पछिल्लो २४ घण्टामा देशका [&hellip;]</p>

काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा एकैदिन ३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे ११ जना पुरुष र १७ महिला, ललितपुरकाे २ पुरुष  र भक्तपुरकाे २ पुरुष रहेकाे गाैतमले बताए ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

Share News