कोरोनाको कारण काठमाडौंमा पनि एक जनाको मृत्यु

<p>काठमाडाै‌ं । काेरोनाको कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ८५ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि गरेका हुन् । काठमाडौंमा कोराेनाको कारण मृत्यु भएको यो पहिलो केस हो । उनी काठमाडौंको बानेश्वरका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक [&hellip;]</p>

काठमाडाै‌ं । काेरोनाको कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ८५ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि गरेका हुन् ।

काठमाडौंमा कोराेनाको कारण मृत्यु भएको यो पहिलो केस हो । उनी काठमाडौंको बानेश्वरका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Share News